Sunday, June 14, 2009

मेरो सुन्दर पोखरा








हिमालको काखमा बसेर मुसुक्क हाँसेको पोखरा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ l नेपाल कै लगभग मध्यभागमा अवस्थित यो शहर नदी ताल, गुफा,र मन्दिरहरूले भारिभाराऊ छ l सबैलाई जिस्काउदै अनाकंटार भागेको सेती नदी हिउं जस्तै कन्चन छ l पोखरामा मात्रै अवस्थित आठ ताल ले पोखरा बासिलाई समुन्द्री टापुमा रहेको महशुस गराएको छ l फेवा, बेगनास,र रूपा ठूला र व्यापक प्रचार प्रसारमा आएका तालहरु हुन , भने खास्टा, दिपांग, मैदी, गुंदे, र कमलपोखरी ताल व्यापक प्रचार प्रसारमा आउन सकेका छैनन l यी प्राकृतिक सौन्दर्यता का खानीलाई पनि आवश्यक संरचन र उचित व्यबस्थापन गर्न सके पर्यताकिया ऊ छ .आकर्सन को छेत्र भित्र ल्याउन सक्ने प्रसस्त संभावनाहरु रहेका छन l यसको लागि सम्बन्धित निकायको उचित ध्यान जानु अत्यन्त आवश्यक छ l

माछापुछ्रे पौडी खेल्ने फेवा ताल नेपाल कै ठुलो ताल हो भने बेगनास दोस्रो ठुलो ताल हो l लेखनाथ नगरपालिकाको शिशुवा गांउमा अवस्थित यो ताल पोखरा सहरबाट करिब १३ की.मी. पुर्बतर्फ अवस्थित छ l यस ताल ले करीब ३ वर्ग की.मी. छेत्रफल ओगटेको छ l ऊतर र दछिण तर्फ घना जंगल रहेको यो ताल हेर्दा अतिनै मनमोहक देखिन्छ l ठुलो तालको वरपर हरियो वनजंगल, बिभिन्न जात र प्रजातिका चरचुरुंगीको संगीतमय धुनले जोकोही लाई पनि यहाबाट छुट्न मन लाग्दैन l करिब १५० भन्दा बढ़ी जातिका चरचुरुंगी र जनावारहरू रहेको यस जंगलमा कुनै खतरनाक जनावर भने छैनन तालको पुर्ब तर्फ खेतीयोग्य जमीन छ भने पश्चिमतर्फ मछापालन गरिए़को छ यस तालको प्रमुख आकर्सनको केन्द्र ढुंगासयर गर्नु हो . प्रचंड गर्मीको थकान मेटन, ढुंगा चदन, पौडी खेल्न र माछा मार्नको लागि यहाँ दिनभर मानिस को घुइचो नै लागने गर्दछ

1 comment: